१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

ग्यास सिलिन्डर पड्किँदा घाइते भएका भक्तपुरका होटल सञ्चालक टिकाराम बस्नेतको मृत्यु

१३ चैत, काठमाडाैँ । भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएका होटलमा सञ्चालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-५ सृजनानगरस्थित भीमेश्वर म:म एन्ड चिकेन हाउसका सञ्चालक ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो। चैत ९ गते आइतबार साँझ  होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी आगालागी हुदा ६ जना घाइते भएका थिए ।

घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे थियाे । बस्नेतको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए। अन्य पाँच जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति : March 26, 2021 at 12:57 pm