राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन
१३ चैत, काठमाडाैँ । राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी माग गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको यो विभागले शुक्रबार एक सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदका लागि कर्मचारी माग गरेकाे हाे। विभागले अनुसन्धान अधिकृत २१ जना माग,अनुसन्धान सहायक ३२ जना र सहायक सूचकमा ५१ जनाकाे लागि दरखास्त आह्वान गरेको छ। अनुसन्धान अधिकृतका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । भने छनाेट हुने बैशाख १ गते पुरूषकाे हकमा २१ वर्ष पूरा भएकाे र २५ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै महिलाकाे हकमा २१ बर्ष पुरा भएकाे र ३० बर्ष ननाघेकाे हुनुपर्दछ ।

अनुसन्धान सहायकका लागि कम्तीमा प्लस टु वा सोसरह उत्तीर्ण गरेको हुनुपर्छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। छनाेट हुने बैशाख १ गते पुरूषकाे हकमा १८ बर्ष पुरा भएकाे र २५ बर्ष ननाघेकाे हुनुपर्दछ । भने महिलाकाे हकमा १८ बर्ष पुरा भएकाे र ३० बर्ष ननाघेकाे हुनुपर्दछ । यसैगरी सहायक सूचक पदका लागि भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। छनाेट हुने बैशाख १ गते पुरूष र महिला दुबैकाे हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। इच्छुक उम्मेदवारले आफूले चाहेको पदका लागि अनलाइन प्रणालीबाट आवेदन दिनुपर्ने छ। यसका लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति वैशाख १२ गते तोकिएको छ। दोब्बर दस्तुर तिरी वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : March 26, 2021 at 11:36 am



