१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

पछिल्लाे २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि

११ चैत, काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १४५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३९६३ मा पिसिआर गर्दा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९० जना काेराेना संक्रमण निको भएर फर्किएका छन्।

कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ। नेपालमा सक्रिय संक्रमितकाे संख्या ११८३ रहेकाे छ । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०२० पुगेको छ ।

प्रकाशित मिति : March 24, 2021 at 5:02 pm