१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सिरक डसना उद्योगमा आगलागी, सात लाख बराबरको क्षति

 ११ चैत, चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फाइल फाेटाे

आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : March 24, 2021 at 1:21 pm