११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

भक्तपुरमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

९ चैत, काठमाडाैँ । भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी हुदा ६ जना घाइते भएका हुन। अहिले प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङगाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टिकाराम बस्नेत, उनका आफन्त काठमाडौँको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक-५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्। घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : March 22, 2021 at 11:13 am