महान्यायाधिवक्ता खरेलद्धारा पदबाट राजीनामा, सक्रिय राजनीतिमा फर्किने तयारी
६ चैत, काठमाडाैँ । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले शुक्रबार पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउनुभएकाे हाे । २०७४ साल फागुन ८ गते खरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले महान्याधिवक्तामा नियुक्त गर्नुभएकाे हाे।

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि खरेललाई २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहनुभएकाे थियाे । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका खरेल नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुनुहुन्छ।
झापाबाट सक्रिय राजनीति गर्दै आउनु भएका खरेल यसअघि संविधान सभाको सदस्य समेत रहनु भएको थियो । उहाँ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य समेत रहिसक्नु भएको छ ।
प्रकाशित मिति : March 19, 2021 at 1:47 pm



