११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त

६ चैत, काठमाडाैँ । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त हुनुभएकाे छ । विहीबारको मन्त्रिपरिषदको  बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयले यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि  महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न हुनुहुन्छ ।

प्रकाशित मिति : March 19, 2021 at 11:01 am