मगर पर्यटन समाजले पर्यटन व्यवसायीका लागि एक हप्ते आधारभूत व्यवसायिक तालिम गर्ने
१४ असार, काठमाडाैँ । नेपाल मगर पर्यटन समाजले यही असार २४ गतेदेखि पर्यटन व्यवसायीहरूका लागि एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । त्यस्तै, सोही अवसरमा ट्रेकिङ गाइड (पथप्रदर्शक)हरूका लागि फोटोग्राफी तालिम समेत गरिने भएको छ ।
ठमेलस्थित समाजका निवर्तमान सचिव राजन थापाको इम्याजिन वेब सोलुशनको कार्यालयमा सो तालिम सञ्चालन हुने जनाइएको छ । तालिममा आधारभूत व्यवसायिक विषयमा समाजका वरिष्ठ सल्लाहकार एवं ताहाचल क्याम्पसका पूर्व प्राध्यापक, वरिष्ठ पर्यटन व्यवसायी महेन्द्रध्वज रानामगर र फोटोग्राफीसम्बन्धी युवा फोटोग्राफर विश्वास पुनले प्रशिक्षण दिने समाजका महासचिव जीवन थापामगरले जानकारी दिनुभयो ।
तालिममा सहभागी हुनका लागि २ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्ने समेत थापामगरले बताउनुभयो । त्यस्तै, समाजले अर्को महिनामा टिकेटिङसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
प्रकाशित मिति : १४ असार २०७५, बिहीबार १७:१८