११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

लहान बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

१ चैत्र, लाहन । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा ७ जना घाइते भएको घटानाको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चा भूमिगत समूह सञ्चालन गर्ने जयकृष्ण गोइत नेतृत्वको हो । विस्फोटमा घाइते हुनेमा २ जना सरकारी कर्मचारी र बाँकी सेवाग्राही छन । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहका अनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।

मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिनुभएको छ । २०६१ साउन १० देखि स्वतन्त्र तराईका नाममा सशस्त्र र भूमिगत राजनीति गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) ले आइतबार अपरान्ह भएको सिरहा बम विस्फोटको जिम्मा लिएको छ । गोइतको नाममा जारी भएको विज्ञप्तीमा तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कार्वाही स्वरुप विष्फोट गराएकाे दाबी गरिएको छ ।

‘भष्टाचार जारीरहे अझै उच्च स्तरको कारवाही हुने र त्यसको जिम्मेबार भ्रष्टाचारी अपराधी नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ ।’ गोइतको विज्ञप्तीमा भनिएको छ । विस्फोटमा परी हालसम्म ८ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवसहितलाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको छ । घाइते अन्यको उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : March 14, 2021 at 6:30 pm