बम विस्फोटका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयाे
१ चैत, काठमाडाैँ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा घाइते भएकामध्ये गम्भीर एकजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएकाे छ । धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत केही बेरअघि काठमाडौँ ल्याइएकाे हाे ।

कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ । अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएपनि अहिलेसम्म औपचारिक जिम्मा भने लिएको छैन ।
प्रकाशित मिति : March 14, 2021 at 4:40 pm



