लहान मालपोत बिस्फोटः गम्भिर घाइते २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
१ चैत, काठमाडाैँ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा ७ जना घाइते हुनुभएकाे छ। घाइते हुनेमा २ जना सरकारी कर्मचारी र बाँकी सेवाग्राही हुन्। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहका अनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।
मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिए। उहाँका अनुसार बिस्फोटमा गम्भिर घाइते हुनुभएका सेवाग्राही दिनेशकुमार भण्डारी र शिवकुमार यादवलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसमेत सो शाखामा रहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : March 14, 2021 at 2:50 pm



