११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सेती नदीले बगाएर तनहुँका १ जनाकाे मृत्यु

२८ फागुन, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

फाइल फाेटाे

नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : March 12, 2021 at 10:27 am