ट्रककाे ठक्करबाट काँग्रेस गाउँपालिकाका सभापति जय कर्ण मल्लको निधन
२७ फागुन, काठमाडाैँ । जेब्राक्रसिङबाट बाटो काट्दैगर्दा ट्रकले ठक्कर दिँदा काँग्रेस गाउँपालिका सभापति जय कर्ण मल्लको निधन भएको छ । मुगु जिल्ला नेपाली कांग्रेस सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्लको हिजो राति ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्करबाट निधन भएकाे हाे ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक वक्तव्य जारी गर्दै मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । उनको निधनबाट नेपाली कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ नेपाली कांग्रेस शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : March 11, 2021 at 12:53 pm



