मेलम्चीको पानी काठमाडाैँमा, अवलोकनका लागि प्रधानमन्त्री सुन्दरीजलमा (फोटोफिचर)
२२ फागुन, काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो ।
गत फागुन १० गते सुरुङमा पानी हालिएको पानी १२ दिनपछि काठमाडौं आइपुगेको हो । यसअघि १६ दिनमा मात्र पानी काठमाडौं आइपुग्ने अनुमान गरिएको थियो । सुरुङमार्गबाट आएको शुरुको पानी फोहोर हुने भएकोले बागमती नदीमा खसालिएको छ ।


प्रकाशित मिति : March 6, 2021 at 7:01 pm



