मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
२१ फागुन, काठमाडाैँ । मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन् । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् । प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आक्रमणको शिकार बनेकी थिइन् । आक्रमणबाट उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपदलाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् । मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् ।
उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् । यो अवार्ड दिन लागिएको यो १५ औँ वर्ष हो । यसअघि, मलाला युसफझाइ लगायतले यो अवार्ड जितिसकेका छन्
प्रकाशित मिति : March 5, 2021 at 11:34 am



