११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

चितवनमा माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

१८ फागुन, चितवन । चितवनमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन् ।  मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा २ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा २च २८२४ नम्बरको कार तथा ना१७प ४०१२ र ना २७प ७०८९ नम्बरको मोटरसाइकललाई चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बाहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : March 2, 2021 at 2:12 pm