प्रधानमन्त्री ओली आज झापा जाँदै
१८ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा हुने दुई कार्यक्रममा सहभागी हुन आज प्रदेश-१ मा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओलीले झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा निर्माण भएको पूर्वाअञ्चल क्यान्सर अस्पतालको उद्घाटनको कार्यक्रम रहेको छ ।

नवनिर्मित अस्पताल भवनको उद्घाटनपछि मोरङको उर्लबारीमा एकीकृत सन्थाल वस्ती निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली पूर्ब झापा र मोरङमा रहदा राजनीतिक भेटघाटको कुनै कार्यक्रम तय भएको छैन, प्रधानमन्त्री आजै काठमाडाैँ फर्कदै हुनुहुन्छ ।
प्रकाशित मिति : March 2, 2021 at 10:13 am



