योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई हान्यो, ५५ वर्षीय यात्रीको अवस्था गम्भीर
१६ फागुन, काठमाडाैँ । नेकपाको माझण्ड समूहका नेता योगेश भट्टराई सवार गाडीले राैतहटमा साइकालयात्रीलाइ ठक्कर दिएको छ। प्रहरीका अनुसार साइकललाइ ठक्कर दिएको उक्त गाडी भने हेटाैडा हिडेको छ ।
गाडीको ठक्करबाट ५५ वर्षका इन्द्रप्रसाद घिमिरे घाइते भएका छन । घाइते घिमिरेको स्वास्थ्य गम्भीर रहेकाले काठमाडाैँको बिएण्डबी अस्पताल पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले बताएका छन ।

शाहका अुनसार उक्त गाडी जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको थियो । भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे सडकमा ठक्कर दिएको थियो । घाइते उनको प्रारम्भिक उपचार चपुरस्थित सिभिल अस्पतालमा भएको छ ।
प्रकाशित मिति : February 28, 2021 at 9:50 pm



