११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

१६ फागुन,काठमाडौँ । नेपालकै ठूलो औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ ।सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको दमक,कमल र गौरादह तीनवटा नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीन मैत्री औद्योगिक पार्क  सबैभन्दा ठूलो हो ।

औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो।  यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ ।  पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएको छ ।

प्रकाशित मिति : February 28, 2021 at 10:47 am