११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त

१३ फागुन, काठमाडाैँ । काठमाडौँको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त हुनुभएको छ । अस्पतालमा आज आयोजित एक समारोहका बीच डा. जोशीले पदभार ग्रहण गर्नुभएको छ । ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठले उहाँलाई स्वागत गर्नुभएको थियो ।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष डा. श्रेष्ठले डा. जोशी एक अत्यन्त दक्ष चिकित्सकका साथै कुशल व्यवस्थापक समेत रहनुभएको जिकिर गर्दै उहाँको नेतृत्वमा अस्पतालको चिकित्सा सेवा थप ब्यवस्थित र सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो । समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त मेडिकल डाइरेक्टर डा हरिश जोशीले ॐ अस्पताल नेपालको निजि क्षेत्रवाट सञ्चालित अग्रणि सेवा प्रदायक भएको उल्लेख गर्नुहुँदै अव समय सापेक्ष सुधारसँगै अघिबढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुसँगको सहकार्यमा स्तरिय स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा विश्ननाथ कोइराला र नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंले स्वागत मतव्य राख्नुभएको थियो। ॐ अस्पतालको स्थापनाकालदेखी नै सेवारत डा. जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसक्नुभएको छ।

प्रकाशित मिति : February 25, 2021 at 11:06 am