देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड- माधव नेपाल
१२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माझण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभालाई सम्बोधन गर्न चितवनमा गएका प्रचण्ड–माधव सर्वोच्चको फैसलापछि सभा स्थगित गरि काठमाडौँ फर्किए लगत्तै देउवासँग छलफल गर्न थालिएको हो। स्रोतका अनुसार अहिले देउवा र प्रचण्ड–माधवबीच छलफल भइरहेको छ।
प्रकाशित मिति : February 24, 2021 at 2:12 pm



