११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बुवाबाट आशीर्वाद लिँदै मनाउनु भयो प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन (तस्बिरहरु)

११ फागुन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७०औँ जन्मदिन मनाउनु भएकाे छ ।   वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा जन्मनु भएका ओली मोहनप्रसाद ओली र स्वर्गिय मधु ओलीका छोरा हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउनु भएकाे हाे।

प्रधानमन्त्री ओलीको जन्मदिनको कार्यक्रममा बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : February 23, 2021 at 4:03 pm