डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त
११ फागुन, काठमाडाैँ । दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हाे ।


प्रकाशित मिति : February 23, 2021 at 1:11 pm



