पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना
११ फागुन, काठमाडाैँ । उपचारका लागि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । भट्टराईलाई बिहान ९ बजे भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भट्टराईलाई भर्ना गरिएको छ ।

उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ । डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।चिकित्सकले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाह अनुसार उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : February 23, 2021 at 12:24 pm



