११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

रिहा भए लगत्तै पुन: पक्राउ परे विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला

१० फागुन, काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई पुन: पक्राउ गरिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै  न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

प्रहरीले रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्चको गेटबाट बलपूर्वक पक्राउ गरेको छ । सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै धमेन्द्र बास्तोलालाई पुनः पक्राउ गरेको हो ।

प्रकाशित मिति : February 22, 2021 at 5:21 pm