पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
१० फागुन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९० जना संक्रमित कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म २ लााख ६९ हजार ९६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।
प्रकाशित मिति : February 22, 2021 at 4:55 pm



