प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
१० फागुन, काठमाडाैँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार सर्वोच्च अदालतमा भेट भएको छ । सर्वोच्च अदालतपछाडि सेनाको क्याब्लरी रहेको स्थानका संरचना हटाउनेबारे प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच छलफल भएको अदालत स्रोतले जनाएको छ ।

सेनाको क्याब्लरी रहेको स्थान सर्वोच्च अदालतलाई हस्तान्तरणको प्रक्रिया अगाडि बढिसकेको छ । ‘क्याब्लरीमा रहेका बाँकी संरचना यथाशक्य हटाउनका लागि प्रधानन्यायाधीश राणाले सेनापतिलाई आग्रह गर्नुभएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो । यसअघि सेनाको क्याब्लरी रहेको ठाउँमा सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि टेन्डर खोल्ने प्रक्रिया अगाडि बढेको छ । भेटमा अन्य विषयमा के कुराकानी भयो भन्ने खुलेको छैन ।
प्रकाशित मिति : February 22, 2021 at 4:39 pm



