अपी पावरले फेरि हकप्रद सेयर निष्कासन गर्ने
१० फागुन, काठमाडाैँ । अपी पावर कम्पनी लिमिटेडले फेरि १ः०.२९३८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गर्दै हकप्रद निष्कासनको अनुमति मागेको हो।

कम्पनीले कुल ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति माग गरेको छ। बोर्डले अनुमति दिएमा कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसअघि पनि अपी पावरले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गरेको थियो। कम्पनीले त्यतिखेर पनि ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको थियो।
प्रकाशित मिति : February 22, 2021 at 2:59 pm









