११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

मेलम्ची खानेपानीको सुरूङ परीक्षण आजदेखि, पानीले सुरुङ भर्न १६ दिन लाग्ने

१० फागुन, काठमाडाैँ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरूङको अन्तिम अर्थात फाइनल परीक्षण आजदेखि सुरू हुने भएको छ । खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्ने अनुमान गरिएको छ । आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको बताउनुभयो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : February 22, 2021 at 9:51 am