११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

अनेरास्ववियूको रगत संकलन अभियान, नुवाकोटमा ६३ जनाले रक्तादन गरे

८ फागुन, नुवाकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटले रगत संकलनका लागि रक्तादान कार्यक्रम गरेको छ । शनिबार विदुरमा भएको रक्तादन कार्यक्रममा ६३ जनाले रगत दान गरेको अनेरास्ववियू नुवाकोटका सचिव पशान्तजंग पाण्डेले जानकारी दिए ।

प्रजातन्त्र दिवसको सन्दर्भ पारेर नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा रक्तादन कार्यक्रम अायोजना गरिएको र उल्लेखनीय सहभागिता भएको सचिव पाण्डेले बताए । रक्तदान गराउनको लागि नाम दर्ता गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य भएपनि रेडक्रस नुवाकोट रक्तसञ्चार केन्द्रसंग रगत भण्डारणको लागि प्रयाप्त स्थान नभएको र आवश्यकता परेको समयमा रक्तादानमा सहभागिता गराउनरे गरी ६३ जनाको रगतमात्र संकलन गरिएको सचिव पाण्डेले बताए ।

देशभर रगतको अभावहुदैँ आएको र युवा वर्गलाई रक्तदान कार्यक्रममा मनोबल बढाउन तथा उनीहरुकै सहभागितामा कार्यक्रम गराउन कायोजना गरिएको अनेरास्ववियू नुवाकोटका निवर्तमान अध्यक्ष विष्णु दाहालले बताए । रक्तादनमा  नेकपाको बागमति प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डे, नेकपाको केन्द्रीय कमिटी सदस्य एंव भूमि सम्बन्धि समस्या समाधान आयोगको नुवाकोट अध्यक्ष बिन्दा ढुङ्गाना, बेलकोटगढी नगरपालिकामा मेयर राजेन्द्ररमण खनाल लगायतको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : February 20, 2021 at 8:50 pm