प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त
७ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गर्नु भएकाे छ । मन्त्रिपरिषद्को सिफारिशमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गराउनु भएकाे थियाे । परियारलाई पदमुक्त गरेसँगै रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : February 19, 2021 at 3:35 pm



