ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी दुई जनाले पाए ११ कित्ता
७ फागुन, काठमाडाैँ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो। हाइड्रोपावरकाे आइपीओ मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । त्यस्तै, भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीकाे आइपिओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेकाे थियाे । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको हुनाले १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीले माघ २३ बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।
प्रकाशित मिति : February 19, 2021 at 10:11 am









