११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

नुवाकोटका कांग्रेस नेताले हिलो खेलेको सडकमा शेरबहादुर देउवाको यात्रा

६ फागुन, काठमाडाैँ । नेपाली कांग्रेस नेताले हिलो खेलेको नुवाकोटको सडकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ढलान गराइरहेको छ । सकडको अधिकांश भागको ढलान भैसकेको छ । यसअघि हिलाम्मे भएर गाडी गुदाउन कठिन सडक बन्द गराउने र हिलो खेल्ने काम गरेर नेपाली कांग्रेसका नेताहरूले रमिता देखाएका थिए ।

बहादुरसिंह लामा लगायतले हिलो खेलेको उक्त सडक ओली सरकारले ढलान गरिदिएपछि नुवाकोट सदरमुकाम विदुर जान कांग्रेस सभापति शेरबहादुर देउवाले सोही सडक प्रयोग गर्ने भएका छन । नेपाली कांग्रेस नुवाकोटको भवन उद्घाटनका लागि शुक्रबार विदुर जाने तयारी गरेका देउवा टोखा छहरेको सडक हुँदै विदुर पुग्ने जिल्ला सभापति जगदिश्वारनरसिंह केसीले जानकारी दिए ।

सडक ढलान गराउने कामका लागि संघीय सरकार र बागमती प्रदेशको सरकारले रकम निकासा गरेका छन । यसअघि काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सडकमा नेपाली कांग्रेसका नेताले हिलो खेलेर रमिता देखाएका थिए 

प्रकाशित मिति : February 18, 2021 at 9:37 pm