११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रजातन्त्र दिवसमा ५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारकाे निर्णय

६ फागुन, काठमाडाैँ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : February 18, 2021 at 5:36 pm