२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

ग्रीन लाइफ हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड

६ फागुन, काठमाडाैँ ।  ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयर (आइपीओ)  शुक्रबार बाँडफाँड हुने भएको छ । मंगलबार ग्रीनलाइफ हाइड्रोपावरकाे प्रि-अलटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार हाइड्रोपावरकाे आइपीओ बाँडफाँड शुक्रबार गर्ने  तय भएको छ ।

कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली हुनेछ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.३० गुणा धेरै हो । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १५:१६