नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडाैँमा सुरु
५ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौँकाे राष्ट्रिय सभागृह सुरु भएको छ । महासंघको महाधिवेशन ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित सुरु भएको हो ।

महाधिवेशनकाे उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नुभयाे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ ।
प्रकाशित मिति : February 17, 2021 at 12:16 pm



