भागरथीको हत्यारा पक्राउ परेपछि स्थानीयद्धारा प्रहरी टाेलीकाे सम्मानसहित विदाई
५ फागुन, काठमाडाैँ । भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन्।
निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्ता लगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला लगाएर प्रहरी टोलीलाई विदाई गरेको हाे । भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए।

प्रहरीले भागरथी हत्या आरोपमा मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टेका दिनेश भट्ट रहेका छन् । उनि भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ माअध्ययनरत विद्यार्थी हुन्।
उनलाई मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका गरेर जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याएको छ। प्रहरीका अनुसार ती किशोरले विद्यालयबाट घर फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकार गरेका छन्। पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भिक बयान दिएका छन्।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन्। भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो।
प्रकाशित मिति : February 17, 2021 at 11:12 am



