११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

ललितानिवास जग्गा प्रकरणः सर्वोच्चद्धारा माधव नेपालविरुद्ध प्रमाण झिकाउन आदेश

२ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउन आदेश दिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदको निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउन आदेश दिएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई गर्दै अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको सलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्धा चलाउने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत बिपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको छ ।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : February 14, 2021 at 3:58 pm