प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना
३० माघ, गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो । शुभकामना सन्देशमा उहाँले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उल्लेख गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताउनुभएको छ ।
प्रकाशित मिति : February 12, 2021 at 2:09 pm



