पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
२९ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ६६० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५२ पुगेको छ।
प्रकाशित मिति : February 11, 2021 at 4:42 pm



