१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

राष्ट्रपतिविरूद्ध छाडा बोल्ने रामकुमारीको निवासमा पुग्यो प्रहरी

२९ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माझण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी प्रहरी उहाँको निवासमा पुगेको छ । प्रहरी त्यहाँ पुगेपनि अनेरास्ववियूका नेताहरू सुदेश पराजुली, रोमश खतिवडा लगायतले नराबाजी गरिरहेका छन । प्रहरीलाइ झाँक्रीको घरमा प्रवेश गर्न रोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने  र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछकाे लागि अपराध महाशाखा बोलाएको हाे ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा अपशब्द बोल्नु भएको थियो । महाशाखाका प्रमुख दीपक थापाले सार्वजनिक रूपमा झाँक्रीले व्यक्त गरेका अपशब्दहरूको बारेमा बुझ्नका लागि प्रहरीले बोलाएको जानकारी दिनुभयो । झाँक्रीले एकलमहिलाहरूलाई  समेत अपमानित गर्ने गरी भाषण भाषण गर्नुभएको थियो । झाँक्रीलाई कारबाही गर्न अखिल नेपाल महिला संघले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : February 11, 2021 at 12:16 pm