१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

२८ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ। सक्रिय संक्रमितको संख्या १७५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयाे।

पछिल्लो २४ घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ५ सय ४९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : February 10, 2021 at 5:42 pm