कांग्रेस नेता जोशीको निधन
२८ माघ, कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति एवम् राष्ट्रियसभाका पूर्वसांसद गंगादत्त जोशीको निधन भएको छ। हृदयघातका कारण ८५ वर्षीय जोशीको निधन भएको हो । नेपाली कांग्रेस कञ्चनपुरको संस्थापकसमेत रहेका जोशी २०५९ सालमा जिल्ला सभापति बनेका थिए ।

२०५५ सालमा राष्ट्रियसभा सांसद बनेका जोशीको निधनप्रति कांग्रेस नेताहरूले शोक व्यक्त गरेका छन् । जोशीको पार्थिव शरीरलाई आजै कञ्चनपुरस्थित कांग्रेस कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर दाहसंस्कार गर्ने जनाइएको छ ।
प्रकाशित मिति : February 10, 2021 at 2:05 pm









