शिक्षकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न स्वाथ्य मन्त्रालयलाई आग्रह
२७ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउनजे व्यवस्था गर्न अनुरोध गरेको छट । मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो ।मन्त्रालयले आज मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।

मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ–मन्त्रालयद्धारा लेखिएको पत्रमा उल्लेख छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
शिक्षक महासंघका अध्यक्ष बावुरामा थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरिसक्नुभएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति : February 9, 2021 at 4:59 pm



