पछिल्लो २४ घण्टामा थपिए १६० कोरोना संक्रमित
२७ माघ, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।
प्रकाशित मिति : February 9, 2021 at 4:43 pm



