१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

निर्वाचन प्रक्रिया निरन्तर अघि बढाउन आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

२७ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चुनाव तयारी निरन्तर अघि बढाउन आग्रह गर्नुभएकाे छ। मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिनुभयको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे पनि आयोगलाई जानकारी गराउनु भएकाे छ । सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्ने सोमवार निर्णय गरेको थियो ।

प्रकाशित मिति : February 9, 2021 at 1:54 pm