१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने

२६ माघ, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण मंगलबार सुनुवाइ नहुने भएको आजको इजलासमा जानकारी दिनुभयाे ।

बुधबारदेखि इजलास पुनः निरन्तर हुने समेत राणाले बताउनुभयाे । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित हुनुहुन्थ्याे । उहाँकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।

प्रकाशित मिति : February 8, 2021 at 4:19 pm