९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा साढे ४ गुणा बढी आवेदन

२५ माघ, काठमाडाैँ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको साधारण सेयर (आईपिओ)  आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९५ हजार ६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएकाे छ ।

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४.५४ गुणा धेरै हो। ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासनमा ल्याएकाे हाे । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १७:२७