१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सोनाम ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा

२५ माघ, चरीकोट । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ ।गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिनुभयो ।

गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औँ लाङ म्हे(गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् । गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताउनुभयो ।


बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताउनुभयो ।

सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : February 7, 2021 at 3:29 pm