१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अनेरास्ववियू नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चको संयोजकमा प्याकुरेल

२४ माघ, काठमाडाैँ । अनेरास्ववियू नुवाकोटले संगठन विस्तार र सुदृढिकरणको काम सुरू गरेको छ । अनेरास्ववियूले नुवाकोट घरभइ काठमाडाैँमा रहेका विद्यार्थीहरूको भेलाले अनेरास्ववियू नुवाकोट-काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।

ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत अनिश प्याकुरेलको संयोजकत्वमा ५१ सदस्यीय सम्पर्क मञ्च गठन गरेको हो । मञ्चको सहसंयोजकमा निश्चल घिमिरे र सचिवमा दिनेश पौडेल रहेको अनेरास्ववियू नुवाकोटका सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिनुभयो ।

भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल केन्द्रीय सदस्य केशवराज पाण्डे, नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनाली र अनेरास्ववियू नुवाकोटका संयोजक विष्णु दाहाल लगायतले विशेष सम्बोधन गर्नुभएको थियो ।

भेलामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले नेकपा माझण्ड (माधव-झलनाथ-प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ सूर्य चिन्ह दाबी गर्ने कुनै हक नभएको बताउनुभयो । उहाँले माधवकुमार नेपाललाइ त झन त्यस्तो कुनै अधिकार नभएको बताउनुभयो । उहाँले माधव नेपाल चुनावमा जाने भए पहिल सूर्य चिन्ह बदलेर लिन खोजेको तीन घोगा मकैलाइ चुनाव चिन्ह बनाउन सुझाव दिनुभयो ।

प्रकाशित मिति : February 6, 2021 at 5:34 pm